गठन आदेशमार्फत सहकारी संस्थाको नियमन गर्ने निकाय स्थापना हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

गठन आदेशमार्फत सहकारी संस्थाको नियमन गर्ने निकाय स्थापना हुने



काठमाडौं । सरकारले गठन आदेशमार्फत सहकारी क्षेत्रको नियमन गर्ने नियामक निकाय गठन गर्ने भएको छ ।

वित्तीय कारोबार गर्ने देशभरका सहकारी संस्थामा समस्या आएपछि सरकारले राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतको नेतृत्वमा सहकारी समस्या समाधान सुझाव कार्यदल गठन गरेको थियो ।

सोही कार्यदलले बचत तथा ऋणको कारोबार गर्ने सहकारीको नियमन गर्न छुट्टै विशिष्टीकृत नियामक निकाय गठन गर्नुपर्ने सिफारिस गर्दै त्यसको मोडालिटी समेत प्रस्ताव गरेको थियो ।

बुधबार गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा भएको सरोकारवालाको छलफलले सहकारी क्षेत्रको नियमन गर्ने दोस्रो तहको नियामक निकाय गठन आदेश मार्फत् गठन गरी कार्य प्रारम्भ गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको निर्देशन अनुसार उपप्रधानमन्त्री श्रेष्ठले सहकारी समस्या समाधानका लागि अग्रसरता लिएको मन्त्रीका स्वकीय सचिव विजय गौतमले जानकारी दिए । अनलाइन खबरबाट

प्रकाशित : २५ पुष २०८०, बुधबार २०:०१