एनएमबि बैंकका यी १६ ठूला सेयरधनी, कसको स्वामित्व कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनएमबि बैंकका यी १६ ठूला सेयरधनी, कसको स्वामित्व कति ?



काठमाडौं । एनएमबी बैंकमा विभिन्न १६ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ। बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व एफ.एम.ओ नेदरल्याण्डसको रहेको पाईएको छ । बैंकमा यस कम्पनीको १३.६९ प्रतिशत अर्थात दुई करोड ५१ लाख ४७ हजार १४२ कित्ता सेयर लगानी रहेको छ।

त्यस्तै कर्मचारी संचयकोषको ५.५३ प्रतिशत अर्थात एक करोड एक लाख ५० हजार ७२९ कित्ता सेयर स्वामित्व रहेको छ । त्यसैगरी यंग लियन रियल्टी एसडीएनविएचडी, मलेसियाको ४.२२ प्रतिशत अर्थात ७७ लाख ४२ हजार २७० कित्ता सेयर, गाईत्री इनभेस्टमेन्ट एण्ड म्यानेजमेन्ट प्रा.लि. को १.८२ प्रतिशत अर्थात ३३ लाख ५१ हजार ६०२ कित्ता, नन्द किशोर राठी को १.६८ प्रतिशत अर्थात ३० लाख ९३ हजार ३२० कित्ता, धनन्जय प्रसाद आचार्यको १.५३ प्रतिशत अर्थात २८ लाख ६ हजार १६१ कित्ता, सुनिल कुमार गोशालीको १.०४ प्रतिशत अर्थात १९ लाख १ हजार ९८७ कित्ता, सुशिल कुमार गोशालीको ०.९५ प्रतिशत अर्थात १७ लाख ५० हजार ३१६ कित्ता सेयर लगानी रहेको देखिन्छ ।

यस्तै, बैंकका अध्यक्ष पवन कुमार गोल्यानको ०.९२ प्रतिशत अर्थात १६ लाख ९६ हजार ७३२ कित्ता, योगेन्द्र लाल प्रधानको ०.९१ प्रतिशत अर्थात १६ लाख ७४ लाख १०१ कित्ता, सन्तोष देवी मुरारकाको ०.७९ प्रतिशत अर्थात १४ लाख ५९ हजार २२२ कित्ता, पुरुषोत्तम लाल संघाईको ०.७१ प्रतिशत अर्थात १२ लाख ९५ हजार ४९२ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै, पशुपति मुरारकाको ०.५८ प्रतिशत अर्थात १० लाख ७२ हजार २६३ कित्ता, सन्तोष राठीको ०.५८ प्रतिशत अर्थात १० लाख ५८ हजार ६९७ कित्ता, दिनवन्धु अग्रवालको ०.५३ प्रतिशत अर्थात् ९ लाख ७२ हजार ५७४ कित्ता र बलराम न्यौपानेको ०.५२ प्रतिशत अर्थात ९ लाख ५४ हजार ८९४ कित्ता शेयर लगानी बैंकमा रहेको देखिन्छ ।

प्रकाशित : २५ पुष २०८०, बुधबार १७:०८