नेप्से उकालो लाग्ने क्रम जारी, बजार ९.५० अंकले बढ्दा पाँच अर्बकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से उकालो लाग्ने क्रम जारी, बजार ९.५० अंकले बढ्दा पाँच अर्बकाे काराेबार



काठमाडौं । बुधबार नेप्से परिसूचक उकालो लागेको छ । आज बजार ९.५० अंक बढेर २०८९.६२ विन्दुमा पुगेको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ३.४० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९९ अंक बढेको छ।

नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन छ अर्बभन्दा बढीको सेयर किनबेच भएको बजारमा आज ३०१ कम्पनीको एक करोड ३४ लाख ७७ हजार कित्ता सेयर किनबेच हुदाँ पाँच अर्ब १३ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा बैंकिङ समूहको उपसूचक १.१२ प्रतिशत, उत्पादन तथा प्रशोधन १.१२ प्रतिशत, माइक्रोफाइनान्स १.०२ प्रतिशत, अन्य समूहको उसूचक २.२१ प्रतिशतले बढेको छ । बाँकी सबै समूहको उपसूचकमा गिरावट आएको छ ।

आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, हिमालयन रि इन्स्योरेन्स, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयर हाउजिङ्ग कम्पनी र ङादी ग्रुप पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, आज छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सर्वाधिक घटेको छ।

कारोबार रकमका आधारमा आज पनि सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ३२ करोड ७८ लाख ९१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

प्रकाशित : २५ पुष २०८०, बुधबार १५:४०