रिलायबल नेपाल लाइफ इन्स्योरेन्सकाे लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सकाे लाभांश घोषणा



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २४ गते बसेको संचालक समितिको बैठकले लाभांश दिने घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.८४ प्रतिशत नगद लाभांश गरि कुल १६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बीमा प्राधिकरणले पारित गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।

प्रकाशित : २५ पुष २०८०, बुधबार १२:३३