वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सरकारले नै ऋण दिने व्यवस्था मिलाउन प्रधानमन्त्रीकाे निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सरकारले नै ऋण दिने व्यवस्था मिलाउन प्रधानमन्त्रीकाे निर्देशन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सरकारले नै ऋण दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन्। मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले रोजगारीका लागि विदेश जानलाई मिटरब्याजी र दलालबाट ऋण लिँदा युवाहरु ठगिएको भन्दै प्रधानमन्त्रीले सरकारले नै ऋण दिने व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।

सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमलाई अधिकतम् लाभ हुने परियोजनामा लगानी गर्ने व्यवस्था मिलाउनु भन्दै उनले भने, ‘श्रमिकलाई उद्यमशील बनाउने र वैदेशिक रोजगारबाट फर्किएको नेपाली दाजुभाइ दिदीबहिनीहरूको ज्ञान सीप र पुँजीको पूर्ण उपयोग हुने क्षेत्रमा लगानी गर्ने वातावरण मिलाउनेतर्फ तत्काल परिणाम देखिने गरी कार्य गर्नुहोला।’

बैठकमा प्रधानमन्त्रीले वैदेशिक रोजगारीका स–साना कामका लागि पनि काठमाडौं धाउनुपर्ने परिस्थितिको अन्त्य गरी सम्भव सबै सेवाहरू स्थानीय तहबाटै दिने व्यवस्था मिलाउन पनि निर्देशन दिए।

त्यस्तै, उनले वैदेशिक रोजगार सूचना प्रणाली (एफईएमआईएस)लाई अद्यावधिक गरी विदेशस्थित नियोग, रोजगारदाता श्रमिक र ७५३ स्थानीय तहको पहुँच हुने गरी विस्तार गर्नुहोला,’ उनले भने, ‘साथै, पुनः श्रम स्वीकृति दिने कार्य ७५३ स्थानीय तहबाटै दिने व्यवस्था तत्काल मिलाउनुहोला ।’

प्रकाशित : २४ पुष २०८०, मंगलवार १४:२३