अधिक तरलता व्यवस्थापन गर्न बजारबाट ३५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अधिक तरलता व्यवस्थापन गर्न बजारबाट ३५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न बजारबाट ३५ अर्ब रुपैयाँ तान्ने भएको छ। १४ दिनको अवधिका लागि यो पैसा निक्षेप संकलन बोलकबोलमार्फत तान्ने भएको हो।

राष्ट्र बैंकले चालु बर्ष निक्षेप संकलन बोलकबोलमार्फत एकै पटक ३५ अर्ब रुपैयाँ तान्न खोजेको यो दोस्रो पटक हो। यसअघि पुस ११ गते २५ अर्ब रुपैयाँ तानेको थियो।

चालु बर्षको मंसिर ६ गतेबाट राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोलमार्फत पैसा तान्न थालेको हो। कुनै सात दिने त कुनै १४ दिने अवधिको गरेर अहिलेसम्म १८ पटक तानिसकेको छ। मंगलबार तान्ने १९औं हो।

अहिलेसम्म उसले ३ खर्ब २५ अर्ब रुपैयाँ तान्नका लागि आह्वान गरेको छ। त्यसमध्ये २ खर्ब ८२ अर्ब रुपैयाँ तानेको छ।

प्रकाशित : २४ पुष २०८०, मंगलवार १३:५३