सिटिजन्स बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिटिजन्स बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको ऋणपत्र सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ‘सिटिजन्स बैंक डिबेन्चर–२०९०’ नामक ऋणपत्र सूचीकृत भएको हो। यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाई सूचीकृत भएको छ ।

यो १० वर्षे अवधिको ऋणपत्र हो । यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन् । कम्पनी र नेप्से बीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट नेप्सेमा कम्पनीको १० प्रतिशत वार्षिक व्याजदर भएको १० प्रतिशत सिटिजन्स बैंक डिवेञ्चर २०९० डिबेन्चरको दोस्रो बजारको कारोबार शुरु हुनेछ ।

प्रकाशित : २३ पुष २०८०, सोमबार १६:५९