मेनपावर व्यवसायीहरूले निर्धारण गरे श्रमिकबाट लिनुपर्ने लागत शुल्कको प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

मेनपावर व्यवसायीहरूले निर्धारण गरे श्रमिकबाट लिनुपर्ने लागत शुल्कको प्रस्ताव



काठमाडौँ । मेनपावर व्यवसायीहरूले श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउँदा लाग्ने लागत शुल्क प्रस्ताव गरेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पत्रकार सम्मेलन गर्दै कामदारको लागत निर्धारण गर्न सरकारलाई दबाब दिँदै उनीहरूले हालको लागत शुल्क प्रस्ताव गरेका हुन्।

संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारलाई मर्यादित र कामदारलाई वास्तविक लागत खर्चमा पठाउन ‘खर्च शीर्षक’ निर्धारण गर्नुपर्ने बताए ।

कामदारको शुल्क निर्धारण र व्यवसायीको सेवा शुल्क माग सम्बोधन गरेर कामदारलाई वास्तविक लागत खर्चमा पठाउने ग्यारेन्टी गर्न सकिने उनको भनाइ छ। उक्त शुल्क निर्धारण गरेर व्यवसायीले सेवा शुल्क र निर्धारित खर्च कामदारले बेहोर्ने व्यवस्था भए मात्र लागत खर्च पारदर्शी हुने उनको भनाइ छ ।

कामदारको उक्त रकम कुनै वित्तीय संस्था तथा कोषसँग सम्झौता गरेर ती वित्तीय संस्थाले बेहोर्ने गरी व्यवस्था मिलाइनु पर्ने अध्यक्ष भण्डारीले बताए । उक्त रकम कामदारले वैदेशिक रोजगारमा गएर आर्जन गरेर तिर्ने व्यवस्था मिलाउनुपर्ने संघको माग छ।

प्रकाशित : २३ पुष २०८०, सोमबार १६:०६