सेयर बजारमा हरियाली: परिसूचक ३६ अंकले बढ्दा चार अर्बको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा हरियाली: परिसूचक ३६ अंकले बढ्दा चार अर्बको कारोबार



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ३६.५७ अंक बढेर २०५९.४९ विन्दुमा पुगेको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ४.२७ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४३ अंक बढेको छ।

नेप्से बढेपनि आज कारोबार रकममा भने सामान्य गिरावट आएको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ५ अर्बभन्दा बढीको सेयर कारोबार भएको बजारमा आज ३०९ कम्पनीको एक करोड ३७ लाख नौं हजार कित्ता सेयर किनबेच हुदाँ चार अर्ब ६७ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

कारोबारमा सबै समूहको उपसूचकमा सुधार देखिएको छ । बैंकिङ समूहको ६.८९, विकास बैंक ८८.१३, वित्त ४४.३२, जलविद्युत ६९.१७, जीवन बिमा ३९२.०९, उत्पादन तथा प्रशोधन ३३.५५, माइक्रोफाइनान्स ४२.५९, निर्जीबन बिमा समूहको उपसूचक १५५.९३ अंकले बढेको छ ।

कारोबारमा आज सिंगटी हाइड्रो, मोदी इनर्जी, त्रिशुली जलविद्युत, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ्ग कम्पनी, हिमालयन रि इन्स्योरेन्स, तेह्रथुम पावर कम्पनी र समाज लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, आज अन्य ७ कम्पनीको सययरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले बढेको छ। आज नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्बाधिक गुमाएका छन् ।

कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल कम्पनी अग्रस्थानमा रहेको छ । यस कम्पनीको आज २१ करोड ८४ लाख ८२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा माउन्टेन इनर्जी र हाथवे इन्भेष्टमेन्ट कम्पनी रहेको छ ।

प्रकाशित : २३ पुष २०८०, सोमबार १५:३४