कर्णाली प्रदेशमा निक्षेप र कर्जा दुबै बढ्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कर्णाली प्रदेशमा निक्षेप र कर्जा दुबै बढ्याे



काठमाडौं । कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाले गर्ने निक्षेप संकलन ११.८९ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ५.४७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले गरेको यस प्रदेशको प्रादेशिक आर्थिक गतिविधि प्रतिवेदनले यस्तो देखाएको हो ।

असार मसान्तसम्म कर्णाली प्रदेशबाट संकलन गरेको कुल निक्षेप ११.८९ प्रतिशतले वृद्धि भई ६७ अर्ब ४९ करोड ९१ पुगेको छ । अघिल्लो आवमा यस्तो निक्षेप ६० अर्ब ३२ करोड पुगेको थियो ।

सर्वसाधारणमा बचत गर्ने बानीमा आएको सुधार, रेमिट्यान्स आप्रवाह, बैकिङ सेवा आएको विस्तार तथा सर्वसाधारणको बचत गर्ने बानीमा आएको विकासले निक्षेपमा वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै प्रवाह गरेको कर्जा ५.७ प्रतिशतले वृद्धि भई ५७ अर्ब ९३ करोड ६७ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो कर्जा ५४ अर्ब ९२ करोड पुगेको थियो ।

कर्णाली प्रदेशमा संकलित निक्षेप तथा प्रवाहित कर्जाको विश्लेषण गर्दा सुर्खेत जिल्ला सबैभन्दा अगाडि देखिन्छ । यस जिल्लामा समीक्षा वर्षमा २७ अर्ब १५ करोड २५ लाख निक्षेप संकलन भएको छ भने, सोही अवधिमा ३६ अर्ब ५ करोड ९७ लाख कर्जा प्रवाहित भएको छ ।

त्यस्तै सबैभन्दा कम निक्षेप संकलन मुगु जिल्लामा २ अर्ब ३५ करोड ७० लाख भएको छ भने डोल्पा जिल्लामा सबैभन्दा कम ६४ करोड ८ लाख कर्जा प्रवाह भएको छ ।

प्रकाशित : २३ पुष २०८०, सोमबार १३:३८