नेपाल विज्ञापन संघमा नयाँ कार्यसमिति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेपाल विज्ञापन संघमा नयाँ कार्यसमिति



काठमाडौं। नेपाल विज्ञापन संघमा सुदिप थापाको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । संघको २४औं वार्षिक साधारणसभाले थापाको नेतृत्वमा ११औं केन्द्रीय कार्यसमिति निर्वाचित गरेको हो ।

जसमा कोषाध्यक्षबाहेक अन्य पदाधिकारी निर्विरोध चयन भएका छन् भने सदस्य र कोषाध्यक्षका लागि निर्वाचन भएको बताइएको छ । संघको प्रथम उपाध्यक्षमा उजय शाक्य, द्वितीय उपाध्यक्षमा पंकजलाल प्रधान, महासचिवमा कृष्णप्रसाद घिमिरे, सचिवमा सन्तोष खड्का र सदस्यमा अरुणकाजी स्थापित निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै कोषाध्यक्षमा साजन श्रेष्ठ र सदस्यहरू रोशन रेग्मी (आरसी), सन्तोष सिलवाल गिरी, दीपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनीष अधिकारी र प्रभात रिमाल निर्वाचन प्रक्रियाबाट चयन भएका छन् ।

नवनियुक्त पदाधिकारी तथा सदस्यहरूले आइतवार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।

प्रकाशित : २३ पुष २०८०, सोमबार १२:१२