इन्स्टिच्युट अफ चाइल्ड हेल्थमा नयाँ अस्पताल वार्ड बनाउन एनएमबि बैंकको २५ लाख सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

बैंक / वित्त

इन्स्टिच्युट अफ चाइल्ड हेल्थमा नयाँ अस्पताल वार्ड बनाउन एनएमबि बैंकको २५ लाख सहयोग

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थमा नयाँ अस्पताल वार्ड निर्माण गर्नका लागि २५ लाख रूपैयाँ सहयोग गरेको छ। बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत चाइल्ड हेल्थमा २५ लाख सहयोग गरेको हो।

एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोइरालाबीच सोसम्बन्धी सहमति आदनप्रदान गरिएको बैंकले जनाएको छ। यस योगदानले अस्पतालमा बालमैत्री वार्ड निर्माण गर्न मद्दत गरी बाल सवास्थ्य सुधार गर्ने प्रयासमा सहायता पुर्‍याउने बैंकको विश्वास छ। यस सहकार्यले बैंक र अस्पतालको बाल सवास्थ्य सेवा सुधार्ने संयुक्त प्रयासलाई सशक्त रुपमा दर्शाउने बैंकको भनाइ छ।

एनएमबि बैंकका अनुसार बैंकले समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यहरु आयोजना गर्दै आइरहेको छ। बैंकले हाल देशभरका दुई सय एक शाखा, एक सय ७१ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ।

प्रकाशित : २३ पुस २०८०, सोमबार १२:०९ 8 January, 2024 12:09 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।