गण्डकी प्रदेशका सहकारीमा ४ अर्ब ५९ करोड बचत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

गण्डकी प्रदेशका सहकारीमा ४ अर्ब ५९ करोड बचत



काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा गण्डकी प्रदेशको १० सहकारी संस्थाहरुबाट १३ अर्ब ७९ करोड ५० लाख निक्षेप संकलन भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गण्डकी प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन सम्बन्धी प्रतिवेदन अनुसार ०.१८ प्रतिशतले बढेर उक्त परिमाणमा निक्षेप संकलन भएको देखिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत ०.०८ प्रतिशतले कमी आएको थियो । गत असार मसान्तमा सहकारी संस्थाहरुको पूँजी बढेको छ । अघिल्लो बर्ष २०७९ असार मसान्तको तुलनामा सहकारी संस्थाहरुको पूँजी १.५ प्रतिशतले बढेर ४ अर्ब ५९ करोड २४ लाख पुगेको छ ।

त्यसैगरी, सहकारी संस्थाहरुबाट यस प्रदेशमा प्रवाहित कर्जा २०७९ असार मसान्तको तुलनामा गत असार मसान्तसम्ममा ६.६१ प्रतिशतले कमी आई १४ अर्ब ३३ करोड १९ लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १८.०१ प्रतिशतले वृद्धि भएको थियो । अध्ययनमा समावेश गरिएका सहकारीमा सदस्य ९.४१ प्रतिशतले वृद्धि भई १ लाख ८५ हजार ४४० पुगेको छ भने कर्मचारी सङ्ख्या ४ सय ५६ नै रहेको छ ।

प्रकाशित : २२ पुष २०८०, आईतवार १३:२८