नेपाल लाइफको एफपिओ नपरेको पैसा भोलिदेखि फिर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

नेपाल लाइफको एफपिओ नपरेको पैसा भोलिदेखि फिर्ता



काठमाडौं, २५ फागुन  । नेपाल लाइफ इन्स्योरेन्सको फर्दर पब्लिक अफरिङ  नपरेको पैसा लगानीकर्ताले बिहीबारदेखि नै फिर्ता पाउने भएका छन् । गत शुक्रबार शेयर बाँडफाँट गरेको कम्पनीले एक साता नबित्दै शेयर नपरेको पैसा फिर्ता दिने भएको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले एफपिओ नपरेको पैसा फागुन २६ देखि फिर्ता दिइने जनाएको छ । क्यापिटलका अनुसार विभिन्न १४ वटा बैंकमा खाता हुनेको रकम भने बैंक खातामा नै आउने भएको छ । भने यी बाहेकका बैंकमा खाता हुने लगानीकर्ताले भने चेकबाटै रकम फिर्ता दिइनेछ ।

नेपाल लाईफ को एफपीओमा १० कित्तादेखि १६० कित्तासम्म गोला प्रथाबाट शेयर बाँडिएको थियो । १७० देखि १८० कित्ता आवेदन दिनेले अनिवार्य रुपमा १० कित्ता शेयर पाएका छन् भने १९० देखि २१० कित्तासम्म आबेदन गर्नेले ११ कित्ताका दरले शेयर पाएका छन् । सबैभन्दा धेरै ३० हजार ९६० कित्ता आबेदन गर्नेले १७ हजार ४१ कित्ता शेयर पाएका छन् । ठूला लगानीकर्तालाई ५ दशलमव ७३ प्रतिशतको दरले शेयर बाँडफाँड गरिएको छ ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३२५ प्रिमियम थपेर प्रतिकित्ता १४ सय २५ मा ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपिओ जारी गरेको थियो । पुस २७ देखि जारी गरेको एफपिओमा करिब १२ गुणा बढी आवेदन परेको छ ।

प्रकाशित : २५ फाल्गुन २०७३, बुधबार ०९:१२