जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन पाँच महिनामा ६१ अर्ब ७४ करोड, नवीकरणमा मात्रै साढे ५० अर्ब नाघ्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन पाँच महिनामा ६१ अर्ब ७४ करोड, नवीकरणमा मात्रै साढे ५० अर्ब नाघ्याे



काठमाडौं । जीवन बीमा कम्पनीहरुले मंसिर मसान्तसम्ममा ६१ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा १ करोड ३७ लाख ५४ हजार ४८३ वटा बीमा पोलिसी विक्री गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हु्न् ।

यस अवधिमा जीवन बीमा कम्पनीहरुले प्रथम बीमाशुल्क आर्जन वापत १० अर्ब ९७ लाख रुपैयाँ र नविकरण बीमाशुल्क वापत ५० अर्ब ७७ करोड रुपैयाँ आर्जन गरेका छन् ।

सधै उत्कृष्ट कारोबार गर्दै आएको नेपाल लाइफ कारोबारको आधारमा अग्रस्थानमा रहेको छ। कम्पनीले मंसिर मसान्तसम्ममा १६ अर्ब ७६ करोड ०८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

दोस्रोमा नेशनल लाइफ रहेको कम्पनीले अवधिमा ७ अर्ब १६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा ६ अर्ब ९२करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै, हिमालयन लाइफले ६ अर्ब ७९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ५२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले ३ अर्ब ४५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । एशियन लाइफले ३ अर्ब २ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

प्राधिकरणको तथ्यांक अनुसार, यस अवधिमा सानिमा रिलायन्स लाइफले २ अर्ब ३६ करोड रुपैयाँ,सिटिजन लाइफले २ अर्ब ३२ करोड रुपैयाँ, मेट लाइफले २ अर्ब १९ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ६७ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब ६३ रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ५३ करोड रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ४४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

प्रकाशित : २० पुष २०८०, शुक्रबार १४:५१