मधेश प्रदेशमा सहकारीहरुको कुल पुँजी २ अर्ब ६१ करोड ८४ लाख « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मधेश प्रदेशमा सहकारीहरुको कुल पुँजी २ अर्ब ६१ करोड ८४ लाख



काठमाडौं । मधेश प्रदेशमा २०८० असार मसान्त सम्म छनौटमा परेका सहकारीहरुको कुल पुँजी २.९६ प्रतिशतले वृद्धि भई २ अर्ब ६१ करोड ८४ लाख पुगेको छ । नेपाल राष्ट्र बैंकले मधेश प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०७९/८० ले यस्तो देखाएको हो ।

मधेश प्रदेशमा दर्ता भएका वचत तथा ऋण सहकारी संस्था मध्ये नमुना छनौट गरिएका १० वटा ठूला वचत तथा ऋण सहकारी संस्थाबाट प्राप्त विवरणको आधारमा सहकारीको अवस्था विश्लेषण गरिएको छ । अघिल्लो आर्थिक वर्षको सोही वर्षमा यस्तो वृद्धिदर १५.८० प्रतिशत रहेको थियो ।

२०८० असार मसान्त सम्ममा छनौटमा परेका सहकारीहरुको कुल बचत ५ अर्ब ७६ करोड २२ लाख पुगेको छ । २०८० असार मसान्त सम्ममा छनौटमा परेका सहकारी संस्थाहरुबाट भएको ऋण प्रवाह ९.४१ प्रतिशतले ह्रास आई ५ अर्ब २९ करोड २३ लाख पुगेको छ । गत वर्षको सोही वर्षमा ऋण प्रवाह २१.३५ प्रतिशतले वृद्धि भएको थियो ।

२०८० असार मसान्त सम्ममा छनौटमा परेका सहकारी संस्थाका कुल सदस्य संख्या ६.९४ प्रतिशतले ह्रास आई ६० हजार ९ सय २८ पुगेको छ । २०८० असार मसान्त सम्ममा छनौटमा परेका सहकारी संस्थाका कर्मचारी संख्यामा २.०८ प्रतिशतले ह्रास भएका ेछ । गत वर्षको सोही वर्षमा कर्मचारी संख्यामा ३.६० प्रतिशतले वृद्धि भएको थियो ।

प्रकाशित : १९ पुष २०८०, बिहीबार १८:१३