मधेश प्रदेशको कृषि क्षेत्रमा ५३ अर्ब ९५ करोड कर्जा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मधेश प्रदेशको कृषि क्षेत्रमा ५३ अर्ब ९५ करोड कर्जा



काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशको कृषि क्षेत्रमा मात्र ५३ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराह र सप्तरीसहित आठ वटा जिल्ला रहेको मधेश प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन सम्बन्धी आर्थिक बर्ष २०७९/०८० को प्रतिवेदन अनुसार उक्त परिमाणमा कर्जा प्रवाह भएको देखिएको हो ।

समिक्षा बर्षमा बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशको कृषि क्षेत्रमा प्रवाह भएको कर्जा ५३ अर्ब ९५ करोड पुगेको छ । गत वर्षको सोही वर्षमा यस्तो कर्जा ४४ अर्ब २८ करोड रहेको थियो ।

यस प्रदेशमा प्रवाह भएको कुल कर्जा मध्ये कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश १२.५५ प्रतिशत रहेको छ । मधेश प्रदेशमा प्रवाहित कुल कृषि कर्जा मध्ये सबै भन्दा बढी कर्जा प्रवाह सर्लाही जिल्लामा १६.४७ प्रतिशत रहेको छ भने सबै भन्दा कम सप्तरी जिल्लामा ७.०३ प्रतिशत रहेको छ ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशमा प्रवाह भएको सहुलियतपूर्ण कर्जा २२ अर्ब ३० करोड पुगेको छ । गत वर्षको सोही वर्षमा यस्तो कर्जा रु.१४ अर्ब ५ करोड रहेको थियो । समीक्षा वर्षमा सहुलियतपूर्ण कर्जा प्रवाहमा ठूलो वृद्धि आउनुमा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंक तथा वित्तीय संस्थाले सो कर्जा प्रवाह गर्दा धितोमा आधारित भई अन्य कर्जा सरह सहुलियतपूर्ण कर्जा प्रवाह गर्नु प्रमुख कारण देखिन्छ ।

प्रवाहित कुल कर्जा मध्ये सबैभन्दा बढी ४ अर्ब ४८ करोड अर्थात्२०.१३ प्रतिशत सर्लाही जिल्लामा र सबैभन्दा कम १ अर्ब ८ करोड अर्थात् ४.८७ प्रतिशत सप्तरी जिल्लामा रहेको छ ।

प्रकाशित : १९ पुष २०८०, बिहीबार १७:२१