भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा गल्फ लुब्रिकेन्टको सहभागिता, ५ जनाले पाए आकर्षक उपहार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा गल्फ लुब्रिकेन्टको सहभागिता, ५ जनाले पाए आकर्षक उपहार



काठमाडौं । नेपाल ल्युब आयल लिमिटेड भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा ओईएम पार्टनरको रुपमा सहभागी भएको छ। जाडो मौसमले दुई पांग्रे साधनमा नकारात्मक असर पार्न सक्ने हुनाले, सो असरबाट सुरक्षित रहन भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्प सम्पन्न भएको कम्पनीले बताएको छ।

गत पुस ५ गतेदेखि १४ गतेसम्म सञ्चालित सो क्याम्प काठमाण्डौ उपत्यका भरीका पाँच वटा स्थानमा रहेको भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस स्टेशनमा सञ्चालन गरिएको थियो ।

भेस्पा र अप्रिलिया स्कुटरका ग्राहकहरुलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र गल्फ इन्जिन आयल चेन्ज प्रदान गरिएको कम्पनीले बताएको छ । उक्त क्याम्पमा सहभागी २ हजार ६०० भन्दा धेरै ग्राहक मध्ये पाँच भाग्यमानी ग्राहकलाई लक्की ड्रमार्फत् आकर्षक उपहार प्रदान गरिएको थियो।

लक्की ड्रबाट रत्नकेशरी रंजितकार (भक्तपुर), रन्जु नेपाल (बनेपा), नविना श्रीश (एकान्तकुना), रोमीका न्यौपाने (गहनापोखरी) र मोनिका श्रेष्ठ (झम्सिखेल) बिजेता भएका थिए ।

क्याम्प नेपाल ल्युब आयल र भेस्पारअप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिको संयुक्त आयोजनामा भएको हो ।

प्रकाशित : १९ पुष २०८०, बिहीबार १२:४८