माघ २ गतेदेखि एनआइएमबी एस क्यापिटलले नयाँ म्युचुअल फन्ड निष्काशन गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

माघ २ गतेदेखि एनआइएमबी एस क्यापिटलले नयाँ म्युचुअल फन्ड निष्काशन गर्दै



काठमाडौं । एनआइएमबी एस क्यापिटलले माघ २ गतेदेखि नयाँ म्युचुअल फन्ड बिक्री खुला गर्ने भएको छ । क्यापिटलले ‘एनआइबीएल स्टेबल फन्ड’ को कुल १० करोड इकाई निष्कासन गर्न लागेको हो ।

जसमध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआइएमबी एस क्यापिटललाई छुट्याइएको छ । यस्तै, १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सुरक्षित गरीएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो ।

यो बन्दमुखी योजना हो । यसमा माघ ५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा माघ १६ गतेसम्म खुला रहनेछ । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ ।

न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइएमबी एस क्यापिटलले गर्नेछ ।

प्रकाशित : १९ पुष २०८०, बिहीबार १२:१८