तीन कम्पनीको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन, कुनकाे कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन, कुनकाे कति ?



काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो । आज बोटलर्स नेपाल (तराई), श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स र मन्दाकिनी हाइड्रोपावर पुस २० गते बुक क्लोज गर्दैछन्।

तसर्थ, पुस १९ गतेसम्म कायम सेयरधनीहरुले मात्र यी कम्पनीहरुले घोषणा गरेको लाभांश प्राप्त गर्न सक्नेछन् र साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।

बोटलर्स नेपाल ९तराई० ले गत वर्षको नाफाबाट लगानीकर्तालाई ६० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले पुस २७ गते साधारण सभा बोलाएको छ । सभा सोल्टि होटल, काठमाडौंमा दिउँसो १२ बजेदेखि सुरु हुनेछ ।

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट ५.०५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

मन्दाकिनी हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा फुडल्यान्ड एन्ड ब्यांक्वेट बत्तिसपुतली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

प्रकाशित : १९ पुष २०८०, बिहीबार १०:३६