सहकारीका अध्यक्ष पक्राउ, बचकर्ताको ४ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सहकारीका अध्यक्ष पक्राउ, बचकर्ताको ४ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोप



काठमाडौं। रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ठगी आरोपमा पक्राउ परेका छन् । संस्थाका अध्यक्ष हर्कबहादुर कठायतलाई बचकर्ताको ४ करोड रुपैयाँभन्दा बढी ठगीको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पक्राउ गरेको हो ।

कठायतविरुद्ध ४ करोडभन्दा बढी ठगी गरेको भन्दै १३७ जना भन्दा बढी बचतकर्ताले उनीविरुद्ध उजुरी दिएका छन् । प्रहरीले उक्त सहकारीका संचालक सदस्य विनोद कुमारलाई समेत पक्राउ गरेको छ ।

प्रकाशित : १८ पुष २०८०, बुधबार १७:२४