यी ७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनकाे कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

यी ७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनकाे कति ?



काठमाडौं । ७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ नेपाल टेलिकम, लक्ष्मी सनराइज बैंक, मुक्तिनाथ विकास, महालक्ष्मी विकास, बुटवल पावर कम्पनी, ग्लोबल आइएमई लघुवित्त र शिवम् सिमेन्ट्सले पुस १९ गते बुकक्लोज गर्ने भएका हुन् ।

तसर्थ, नेप्सेमा आज सम्म कारोबार भइ कायम सेयरधनीहरुले मात्र यी कम्पनीहरुले घोषणा गरेको लाभांश प्राप्त गर्न सक्नेछन् र साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।

नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले पुस २९ गते, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा बिहान ११ बजे १६ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरलाई प्रति सेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

मुक्तिनाथ विकास बैंकले पुस २८ गते, सिटी स्क्वायर, न्यूरोड, पोखरामा दिउँसो १ बजे आफ्नो १७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १०.२६३२ प्रतिशतका दरले लाभांश पारित गर्ने छ जस मध्ये ९.७५ प्रतिशत बोनस सेयर रहेको छ भने ०.५१३२ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

शिवम् सिमेन्ट्सले पुस २७ गते शुक्रबार राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा आठौँ वार्षिक साधारण सभा बिहान ९ बजे बोलाएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

ग्लोबल आइएमई लघुवित्तले पुस २९ गते, बेस्ट रिसोर्ट नेपाल प्रालि, लेकसाइड पोखरामा बिहान ९ बजे ११ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न छ।

महालक्ष्मी विकास बैंकले पुस २८ गते, लैनचौर ब्याङ्क्वेट, नेपाल स्काउट कम्पाउण्ड, लैनचौर, काठमाडौँमा बिहान १० बजे २२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले सेयरधनीहरुलाई चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

लक्ष्मी सनराइज बैंकले पुस २६ गते बिहीबार, अग्रवाल भवन, कमलपोखरीमा दिउँसो २ बजे २३ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

बुटवल पावर कम्पनी लिमिटेडले पुस २९ गते लाभांश पारित गर्न कम्पनीले ३१औं वार्षिक साधारणसभा बिहान ११ बजे काठमाडौंमा बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजी ५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

प्रकाशित : १८ पुष २०८०, बुधबार ११:४७