सीएनआई र एमच्यामबीच अमेरिकी लगानी बृद्धि गराउन सहकार्य गर्ने समझदारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सीएनआई र एमच्यामबीच अमेरिकी लगानी बृद्धि गराउन सहकार्य गर्ने समझदारी



काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र अमेरिकन चेम्वर अफ कमर्स (एमच्याम) बीच लगानी अभिबृद्धी तथा नेपाल र अमेरिकाबीच व्यवसायिक वातावरण सुदृढ बनाउन सहकार्य गर्न समझदारी भएको छ ।

समझदारी अनुसार दुई संस्थाले नेपाल र अमेरिकाका उद्यमीहरूबीच सम्पर्क बिन्दुको रूपमा कार्य गर्ने, नेपालमा लगानी गर्न इच्छुक अमेरिकी लगानीकर्ताहरुलाई लगानी सम्बन्धी जानकारी दिने, पारस्परिक उद्देश्यहरू पूरा गर्न नीतिगत सुधारहरूको वकालत गर्ने गतिविधिमा सहकार्य गर्ने, नेपालमा अमेरिकी लगानी बढाउन रणनीतिक गतिविधि सञ्चालन गर्नेछन् ।

बजारमा आधारित वित्तीय र गैर–वित्तीय सेवाहरूमा पहुँच बृद्धि गर्दै आईटी क्षेत्रहरूका लागि लगानी र व्यवसाय वातावरण सुधारमा काम गर्ने समझदारीपत्रमा उल्लेख छ ।

मंगलबार परिसंघ सचिवालयमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र अमेरिकन चेम्वर अफ कमर्सका अध्यक्ष निर्मलकाजी श्रेष्ठले समझदारीप

प्रकाशित : १८ पुष २०८०, बुधबार ११:२०