८.७५ अंकले घट्याे सेयर बजार, कारोबारमा रकम भने सामान्य सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

८.७५ अंकले घट्याे सेयर बजार, कारोबारमा रकम भने सामान्य सुधार



काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ओरालो लागेको छ । आज बजार ८.७५ अंक घटेर २०६०.१५ विन्दुमा झरेको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.३७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंक घटेको छ।

नेप्से घटेपनि आज कारोबार रकम भने सामान्य सुधार देखिएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब २९ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३०६ कम्पनीको १ करोड १८ लाख ९२ हजार कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब ४८ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

कारोबारमा बैंकिङ समूहको ०.१५, विकास बैंक ४.१९, लगानी समूहको ०.८३, उत्पादन तथा प्रशोधन समूहको उपसूचक ६३.९२ र टेड्रिङ समूहको १३.१० अंकले बढेको छ । साथै, निर्जीबन बीमा समूहको उपसूचक ८६.२५, वित्त १४.३५, जलविद्युत ४१.१८, जीवन बीमा १८०.५४ र होटल तथा पर्यटन क्षेत्र ९६.२२ अंक घटेको छ ।

सोमबार सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, चिरख्वा हाइड्रोपावर, नेपाल वेयर हाउजिङ्ग कम्पनी, हाथवे इन्भेष्टमेन्ट र मुक्तिनाथ कृषि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने मोलुङ हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। आज यस कम्पनीको २० करोड १३ लाख ७३ हजार भन्दा बढीको सेयर कारोबार भएको छ।

प्रकाशित : १६ पुष २०८०, सोमबार १५:४०