काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले करसहित ६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र मिर्मिरेको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।
Comment