सुयोग्य बचत तथा ऋण सहकारी संस्थाकाे सदस्य शिक्षा कार्यक्रम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

सुयोग्य बचत तथा ऋण सहकारी संस्थाकाे सदस्य शिक्षा कार्यक्रम सम्पन्न



काठमाडौं । काठमाडौंको कोटेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्था लिमिटडले पौष १४ गते सदस्य शिक्षा कार्यक्रम अन्र्तक्रियात्मक रुपमा सम्पन्न गरेको छ । सदस्य शिक्षा कार्यक्रममा सदस्यद्धय दीपक लामिछाने र रचना लाखेमरुले कार्यक्रम अत्यन्त प्रभावकारी भएको बताएका छन् ।

उनीहरुले यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिंदै सदस्यहरुका लागि शीपमुलक तालिमको समेत आयोजना गर्न सुझाव दिए। संस्थाकी अध्यक्ष पमी न्यौपानेबाट कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै सदस्यलाई थप जागरुक बनाउन तथा संस्थाप्रति अपनत्व भावना जागृत गराउन सदस्य शिक्षा कार्यक्रम राखिएको बताइन्।

वागमती प्रदेश, सहकारी विभागका पूर्व रजिष्ट्रार नारायण ज्ञवालीले सहकारी संस्थामा सदस्यको भूमिका सम्वन्धि प्रस्तुतीकरण गरेका थिए । त्यस्तै राष्ट्रिय सहकारी महासंघकी महाप्रवन्धक चित्रा कुमारी सुव्वाले वित्तीय साक्षरता सम्वन्धि प्रस्तुतीकरण दिएकी थिइन्। १३७ जना विभिन्न सदस्यहरुको उत्साहवर्धक सहभागिता रहेको उक्त कार्यक्रममा सदस्य सुभद्रा दाहालले संस्थाको गतिविधिवारे सदस्यले जानकारी पाउने तरिका र विनु गिरीले संचालक समितिको सेवा सुविधाबारे जानकारी लिएका थिए। संस्थाका कामु प्रमुख कार्यकारी अधिकृत सुमन कार्कीले कार्यक्रमबाट संस्थाप्रति सदस्यहरु प्रतिवद्ध हुनुका साथै सेवा प्रवाहमा सहजता हुने विश्वास लिएको बताए।

कार्यक्रमको अन्त्यमा वालवचतकर्ताद्धय समृद्धि श्रेष्ठ र कुन्जु खत्रीलाई केक प्रदान समेत गरिएको थियो ।

प्रकाशित : १५ पुष २०८०, आईतवार १३:५४