२०८१ सालको लागि २ दिन सार्वजनिक विदा थप गर्ने सरकारको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

२०८१ सालको लागि २ दिन सार्वजनिक विदा थप गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले २०८१ सालको लागि २ वटा सार्वजनिक विदा थप गर्ने निर्णय गरेको छ। बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले २०८१ सालको सार्वजनिक विदा र कार्यालय समय स्वीकृत गर्दै २०८१ सालमा २ वटा सार्वजनिक विदा थप गर्ने निर्णय गरेको हो ।

सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले माघ १६ गते शहिद दिवसको अवसरमा र रामनवमीरचैते दशैँको विदा थप गरिएको बताईन् । अन्य विदा र कार्यालय समय भने साविक कै कायम गरिएको उनले बताईन् ।

प्रकाशित : १३ पुष २०८०, शुक्रबार १६:४२