सुनकाे मुल्य तोलामा १३ सय रुपैयाँले घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनकाे मुल्य तोलामा १३ सय रुपैयाँले घट्याे



काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ । आज सुनको मु्ल्य प्रतितोला १३ सय रुपैयाँले घटेर १ लाख २० हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २० हजार १ सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाला सुनको मूल्य १ लाख २२ हजार रुपैयाँ कायम भएको थियो ।

साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेर १४ सय ५५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित : १३ पुष २०८०, शुक्रबार १३:१४