प्राधिकरणले  बीमा कम्पनीलाई प्रीमियममा सेयर बिक्री गर्न अनुमति दिनु कानुन सम्मत नभएकोले तत्काल सच्याउन समितिको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्राधिकरणले  बीमा कम्पनीलाई प्रीमियममा सेयर बिक्री गर्न अनुमति दिनु कानुन सम्मत नभएकोले तत्काल सच्याउन समितिको निर्देशन



काठमाडौं । प्राधिकरणले  बीमा कम्पनीहरुलाई प्रीमियममा सेयर बिक्री गर्न अनुमति दिनु कानुन सम्मत नभएकोले तत्काल सच्याउन  सार्बजनिक लेखा समितिले निर्देशन दिएकाे छ। आज बसेको समितिको बैठकले सो कार्यलाई तत्काल सच्याउन निर्देशन दिएको हो ।

 बीमा ऐन, २०७९ को दफा ४५ को उपदफा (५) मा “प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि बीमकले सर्वसाधारणबाट सेयर खरिदका लागि दरखास्त आह्वान गर्दा शेयर अंकित मूल्यको शतप्रतिशत रकम माग गर्नुपर्ने छ” भन्ने व्यवस्था रहेको छ ।

 बीमा कम्पनीहरुले कम्पनी स्थापना गर्दा नै ३० प्रतिशत सेयर सर्वसाधारणका लागि संरक्षित गरेको कारण अंकित मूल्यमा  प्रिमियम थप गरी शेयर जारी गर्न अनुमति वा स्वीकृति  दिन नमिल्ने समितिले जनाएको छ ।

प्रकाशित : १२ पुष २०८०, बिहीबार २०:४०