जोशी हाइड्रोपावरले हकप्रद सेयर निष्काशनका लागि बोर्डसँग माग्यो अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

जोशी हाइड्रोपावरले हकप्रद सेयर निष्काशनका लागि बोर्डसँग माग्यो अनुमति



काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ६५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १:०.६५ अनुपातमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।

हकप्रद सेयर निष्कासनका लागि कम्पनीले लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीको हालको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ । हकप्रदपछि यसको पुँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ।

प्रकाशित : १२ पुष २०८०, बिहीबार १३:२८