सुनको मुल्य फेरी उचाइमा, कतिमा भइरहेकाे छ काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य फेरी उचाइमा, कतिमा भइरहेकाे छ काराेबार



काठमाडौं । सुनको मुल्य फेरी ऐतिहासिक उचाइमा पुगेको छ। बिहीबार सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेर मूल्यमा नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख २२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यो सुनको हालसम्मकै उच्च मूल्य हो।

बुधबार छापावाला सुन प्रतितोला एक लाख २० हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो। बिहीबार एकैदिन सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेको हो।

यसअघि मंसिरमा १८ गते एक लाख २१ हजार ६०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको सुनको भाउले बिहीबार त्यो रेकर्डलाई तोडेर नयाँ रेकर्ड कायम गरेको हो।

भाउ महँगो हुँदा अहिले बजारमा सुनको माग भने घटिरहेको छ। मंसिर सकिएपछि सुनको माग झनै घटेको व्यवसायीहरु बताउछन्। सुनको कारोबार घटेको छ तर मूल्य भने निरन्तर बढीरहेको छ।

प्रकाशित : 28 December, 2023 12:46 pm