एनएमबि बैंकको मोबाइल बैंकिङ्ग एपबाट हेटौंडा खानेपानीको महशुल तिर्न सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबि बैंकको मोबाइल बैंकिङ्ग एपबाट हेटौंडा खानेपानीको महशुल तिर्न सकिने



काठमाडौं । एनएमबि बैंकले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरी अब एनएमबि बैंकको ग्राहकहरुले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी हेटौंडा खानेपानीको महशुल बिना कुनै झंझट घरै बसी अनलाइन तिर्न सक्ने व्यवस्था मिलाएको छ ।

हेटौंडा खानेपानी कार्यालयमा आयोजित कार्यक्रममा एनएमबि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय र खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्ट बीच सम्झौता आदानप्रदान भएको थियो । उक्त कार्यक्रममा हेटौंडा उपमहनगरपालिकाको नगर प्रमुख मिना कुमारी लामा प्रमुख अतिथिको रुपमा रहेकी थिईन् ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।

एनएमबि बैंकले हाल देशभरी दुई सय एक शाखाहरु, एक सय ६७ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आएको छ ।

प्रकाशित : ९ पुष २०८०, सोमबार १३:२८