अर्थमन्त्रीले भने – नेताको डिमाण्डबाट प्रभावित भई बजेट छर्ने काममा नलाग्नुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

अर्थमन्त्रीले भने – नेताको डिमाण्डबाट प्रभावित भई बजेट छर्ने काममा नलाग्नुस्



काठमाडौं २३ फागुन । अर्थमन्त्री कृष्णबहादुर महराले राजनीतिज्ञहरुलाई नीतिगत बाटोमा डोर्‍याउन सचिवहरुलाई निर्देशन दिएका छन् ।

मन्त्रिपरिषद् बैठकमा आफूले कर्मचारीले साथ दिएनन् भन्ने गुनासो सुन्ने गरेको उल्लेख गर्दे मन्त्री महराले राजनीतिज्ञहरुलाई नीतिगत रुपमा ट्रयाकमा ल्याउन सचिवहरुलाई प्रभावकारी भुमिका खेल्न सचेत गराएका हुन् ।

बजेट सम्बन्धी समिक्षा गोष्ठीमा सोमबार मन्त्री महराले विद्यमान नीति नियमका आधारमा विना प्रभाव काम गर्न निर्दशन दिए ।

बजेट तर्जुमाका समयमा मन्त्रालयका सचिवहरु, मन्त्री तथा राजनीतिक दलको प्रभावमा पर्ने गरेको तर्फ इंगित गर्दे उनले डिमाण्डबाट प्रभावित भई बजेट छर्ने काम नगर्न पनि सचिवहरुलाई सचेत गराए । उनले मनोगत नभई बस्तुगत रुपमा बजेट विनियोजन गर्नुपर्नेमा पनि उनले जोड दिए ।

मन्त्री र राजनीतिक दलको प्रभावमा आवश्यकता र उपलब्धिमुलक भन्दा अन्यत्र क्षेत्रमा बजेट विनियोजन गरिएको भन्दै हरेक बर्ष बजेटको आलोचना हुने गर्दछ ।

प्रकाशित : २३ फाल्गुन २०७३, सोमबार १३:३०