नेफ्स्कून अध्यक्षमा चन्द्र प्रसाद ढकाल विजयी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेफ्स्कून अध्यक्षमा चन्द्र प्रसाद ढकाल विजयी



काठमाडाै । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)को अध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन् ।

नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभा अन्तर्गत आज भएको निर्वाचनमा निवर्तमान अध्यक्ष परितोष पौड्याललाई पराजित गर्दै ढकाल विजयी भएका हुन् ।

ढकालले ११९६ मत ल्याए भने पौड्यालले १०१९ मत ल्याए ।

कुल २२४९ मत खसेको थियो ।

प्रकाशित : ८ पुष २०८०, आईतवार २३:३४