सेयर बजारमा दोहोरो अंककाे गिरावट, ७ अर्ब ११ करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा दोहोरो अंककाे गिरावट, ७ अर्ब ११ करोडकाे काराेबार



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज बजार २१.०३ अंकले घटेर २०८८.०७ बिन्दुमा रोकिएको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ५.२९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१६ अंक घटेको छ।

बजारमा भारी गिरावट आएको भएपनि कारोबार रकममा भने सुधार देखिएको छ । ३०९ कम्पनीको १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता सेयर किनबेच हुदाँ ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८२९ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे बनेको छ । बैंकिङ समूहको १९, विकास बैंक ५६.२६, वित्त ३०, उत्पादन तथा प्रशोधन १६९.३८, माइक्रोफाइनान्स ५२.३८, ट्रेडिङ समूहको उपसूचक ९५.९३ अंकले घटेको छ ।

यस्तै जलविद्युत २.१०, जीवन बीमा ६०.१७, निर्जीबन बीमा ६३.११ र अन्य समूहको उपसूचक १५.३२ अंकले बढेको छ ।

बजार राताम्मे हुँदा पनि एक दर्जन कम्पनीकाे सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, दुई कम्पनीको कारोबारमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज ३० करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित : ८ पुष २०८०, आईतवार १५:३९