आयात-निर्यात दुवै घट्यो, मुलुकको व्यापार घाटा ५ खर्ब ७९ अर्ब माथि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आयात-निर्यात दुवै घट्यो, मुलुकको व्यापार घाटा ५ खर्ब ७९ अर्ब माथि



काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पाँच महिना अर्थात मंसिर महिनासम्ममा मुलुकको व्यापार घाटा पौने ६ खर्ब पुगेको छ। भन्सार विभागका अनुसार यस अवधिमा नेपालले ५ खर्ब ७९ अर्ब १५ लाख व्यापार घाटा व्यहोरेको हो ।

यो व्यापार घाटा गत आवको सोहि अवधिको भन्दा ३.०९ प्रतिशतले कम हो । गत वर्षको सोहि अवधिमा नेपालले ५ खर्ब ९७ अर्ब ४४ करोड रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो।

मंसिर महिनासम्म ७ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोहि अवधिमा ७ खर्ब ३२ अर्ब ५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । अघिल्लो वर्षको तुलनामा वैदेशिक व्यापार ३.६४ प्रतिशत रहेको छ ।

आर्थिक गतिविधि बढ्न नसक्दा मंसिर महिनासम्ममा आयात तथा निर्यात दुवै घटेका छन। यस अवधिमा आयात ३।३९ प्रतिशतले घटेको छ भने निर्यात ६।०९ प्रतिशतले घटेको छ। भन्सार विभागका अनुसार मंसिर महिनासम्ममा ६३ अर्ब २० करोड ७४ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गएको वर्षको सोहि अवधिमा ६७ अर्ब ३० करोड ४५ लाख रुपैयाँको वस्तु र सेवा निर्यात गरिएको थियो ।

त्यस्तै, यस अवधिमा ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले आयात गरेको छ । गत वर्षको यही अवधिमा ६ खर्ब ६४ अर्ब ७४ करोडरुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो ।

प्रकाशित : ८ पुष २०८०, आईतवार १५:२०