नेफ्स्कून निर्वाचन: खुला सञ्चालकमा नवराज अर्यालकाे उम्मेदवारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

नेफ्स्कून निर्वाचन: खुला सञ्चालकमा नवराज अर्यालकाे उम्मेदवारी



काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को निर्वाचनमा खुला सञ्चालकमा नवराज अर्यालले उम्मेदवारी दिएका छिन् । चन्द्रप्रसाद ढकालको समूहबाट उम्मेदवारी दिएका अर्याल लोकप्रिय युवा सहकारीकर्मी हुन् ।

पिसल्याण्ड बचत तथा ऋण सहकारी संस्थाको प्रतिनिधित्व गर्दै अर्यालले आफ्नो उम्मेदवारी दिएका हुन् । १७ वर्षदेखि सहकारी अभियानमा क्रियाशिल अर्याल काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष समेत हुन् । सञ्चालक सदस्य, सचिव, उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको समेत भूमिका निर्वाह गरिसकेका अर्यालले यस पटक नेफ्स्कूनमा आफ्नो उम्मेदवारी दिएका हुन् ।

सबैलाई मिलाएर लैजान सक्ने क्षमता राख्ने अर्याल प्रखर वक्ताको रुपमा परिचित छन् ।

प्रकाशित : ८ पुष २०८०, आईतवार १४:३१