दुई कम्पनी आइपीओ निष्काशन गर्ने प्रक्रियामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दुई कम्पनी आइपीओ निष्काशन गर्ने प्रक्रियामा



काठमाडौं । दुई कम्पनीहरु आइपीओ निष्काशन गर्ने प्रक्रियामा छन्। जगदम्बा हस्पिटालिटी ग्रूप लिमिटेड र लक्ष्मी स्टिल लिमिटेडले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी वार्षिक साधारण सभामा लैजाने तयारी गरका हुन् ।

जगदम्बा हस्पिटालिटी ग्रूप लिमिटेडले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २८ गते शनिबार हुने प्रथम वार्षिक साधारणसभामा लैजाने तयारि गरेको छ। सभा कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल काठमाण्डौमा हुनेछ ।

साविकको जगदम्बा हस्पिटालिटी ग्रूप प्राइभेट लिमिटेड गत असार २८ गतेदेखि कम्पनीमा परिणत भएकाले सर्वसाधारण तर्फको समेत हिस्सा कायम गर्न लागिएको हो । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नुका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई समेत स्वीकृती प्रदान गर्नेछ ।

सभाले संस्थापक सेयरधनीतर्फबाट सञ्चालको निर्वाचन र स्वतन्त्र सञ्चालक नियुक्तिको प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै, लक्ष्मी स्टिल लिमिटेडले पनि आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २१ गते आइतबार हुने दोस्रो वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो ।सभा कम्पनीको रजिष्टर्ड कार्यालय तीनकुने, काठमाण्डौमा हुनेछ ।

सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नुका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई समेत स्वीकृती प्रदान गर्नेछ। सभाले संस्थापक सेयरधनीतर्फबाट सञ्चालको निर्वाचन र स्वतन्त्र सञ्चालक नियुक्तिको प्रस्ताव पनि पारित गर्नेछ ।

प्रकाशित : ८ पुष २०८०, आईतवार १२:४४