नेफ्स्कून निर्वाचन: विधुतीय भाेटिङमार्फत नयाँ नेतृत्व चुनिदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

नेफ्स्कून निर्वाचन: विधुतीय भाेटिङमार्फत नयाँ नेतृत्व चुनिदै



काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले आज विद्युतीय भोटिङमार्फत नयाँ नेतृत्व छान्दैछ । संघको ४ वर्षे नेतृत्वका लागि १९ सदस्य सञ्चालक समिति र ३ जना लेखा समितिसहित कूल २२ सदस्यका लागि चुनाव हुने भएको हो ।

निर्वाचन उपसमितिका अनुसार आइतबार दिउँसो १ बजेदेखि विद्युतीय माध्यममार्फत नेफ्स्कूनको निर्वाचन हुनेछ । भोटिङलगत्तै प्राप्त नतिजा प्रकाशन गरिने निर्वाचन उपसमितिले जानकारी दिएको छ ।

प्रकाशित : ८ पुष २०८०, आईतवार १२:१३