सुनको मुल्य सामान्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य सामान्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मुल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १०० रुपैयाँले बढेर १ लाख १९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ३५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ८०० रुपैयाँमा र तेजावी सुनको मुल्य प्रतितोला १ लाख १९ हजार २५० रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको मुल्य भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १४ सय ७५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मुल्य प्रतितोला १४ सय ६५ रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : ८ पुष २०८०, आईतवार ११:३६