नेफ्स्कूनकाे लेखासमिति सदस्यमा सञ्जेल निर्विरोध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेफ्स्कूनकाे लेखासमिति सदस्यमा सञ्जेल निर्विरोध



काठमाडौ । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को ३२ औं वार्षिक  साधारणसभाबाट लेखा सुपरीवेक्षण समितिको महिला सदस्यमा दुर्गा तिवारी सञ्जेल निर्विरोध निर्वाचित भएकी छन् ।

  लेखा सुपरीवेक्षण समितिको सदस्य (महिला) तर्फ २ जनाको उम्मेदवारी परेको थियो । परितोष पौड्याल प्यानलबाट दुर्गा तिवारी सञ्जेल र अर्का उम्मेदवार चन्द्र प्रसाद ढकाल प्यानलबाट शुभद्रा नेपालको उमेदवारी परेको थियो । निर्वाचन उपसमितिले उमेदवारको योग्यता नपुगेको भन्दै नेपालको उमेदवारी खारेज दिएको हो । नेपालको उमेदवारी खारेज भएपछि सञ्जेल निर्विरोध निर्वाचित  भएकी हुन्।

प्रकाशित : ८ पुष २०८०, आईतवार ०८:३०