नेफ्स्कून निर्वाचनः ३ जनाको उम्मेदवारी खारेज  « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेफ्स्कून निर्वाचनः ३ जनाको उम्मेदवारी खारेज 



काठमाडौ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून )को निर्वाचन उपसमितिले ३ जनाको उम्मेदवारी कायम नरहने सूचना निकालेको छ । 

जसमा गण्डकी प्रदेशबाट सञ्चालक पदमा उम्मेदवारी दिएका शिवजी अधिकारी , सञ्चालक सदस्य महिलातर्फकी राधा कडरिया र लेखा सुपरीवेक्षण समिति सदस्य महिलातर्फ शुभद्रा नेपाल रहेकी छिन् ।

 निर्वाचन उपसमितिले उमेदवारको योग्यता नपुगेको भन्दै उम्मेदवारी नरहने सूचना निकालेको हो । नेफ्स्कूनको नयाँ सञ्चालक समिति चयनका लागि आज मतदान हुने भएको छ । निर्वाचन उपसमितिले सम्पूर्ण प्रक्रिया पुरा गरिसकेको  र बिद्युतिय माध्यमबाट निर्वाचन हुने जानकारी दिइएको छ । 

प्रकाशित : ८ पुष २०८०, आईतवार ०६:३९