कृष्णकुमार श्रेष्ठ साकोस अभियानको उत्कृष्ट व्यवस्थापक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

कृष्णकुमार श्रेष्ठ साकोस अभियानको उत्कृष्ट व्यवस्थापक



चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था, थानकोट काठमाडौंका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ उत्कृष्ट व्यवस्थापक रुपमा सम्मानित भएका छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को ३२औं वार्षिक साधारण सभामा श्रेष्ठलाई नेपालभरीको साकोस अभियानको उत्कृष्ट व्यवस्थापकको रुपमा प्रशंसा पत्र र नगदसहित पुरस्कृत गरिएको हो।

नेफ्स्कुनले ३६औं स्थापना दिवसको अवसरमा श्रेष्ठलाई उत्कृष्ट व्यवस्थापकको रुपमा घोषित गरेको थियो । सहकारी क्षेत्रमा २३ वर्षदेखि सकृय श्रेष्ठले विभिन्न बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापकको रुपमा काम गरेका छन् ।

श्रेष्ठ सहकारी क्षेत्रका प्रखर व्यक्तित्वको रुपमा परिचित छन् । उनी सहकारी क्षेत्रको वित्तीय योजना र मानव संशाधन व्यवस्थापनमा पनि विशेष दख्खल राख्छन् । यस अघि सन् २०११ मा पनि उनी नेफ्स्कुनबाटै उत्कृष्ट व्यवस्थापकका रुपमा सम्मानित भइसकेका छन् ।

प्रकाशित : ७ पुष २०८०, शनिबार २०:५५