ग्लोबल आइएमई बैंक ‘भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्लोबल आइएमई बैंक ‘भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ‘भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ।

भिसा इन्टरनेशनलद्वारा काठमाडौँमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिषा सदस्यमध्ये एशोसियट सदस्यतर्फ डेबिट कार्ड प्रवर्द्धनमा उत्कृष्ट बनेकोमा उक्त अवार्ड प्रदान गरिएको हो।

बैंकले हालै मात्र भिषासँगको सहकार्यमा भिजा स्क्यान टू पे भुक्तानी प्रणालीको शुभारम्भ गरेको छ। क्यूआरमार्फत भर्चुअल भिजा कार्डबाट भुक्तानी गर्न सकिने उक्त प्रविधि नेपालमै पहिलो रहेको छ।

ग्लोबल आइएमई बैंकले ३५५ शाखा, ३७९ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित : ६ पुष २०८०, शुक्रबार २१:४१