नेफ्स्कून निर्वाचनः पौड्यालको नेतृत्वमा यस्तो बन्दै छ टिम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

नेफ्स्कून निर्वाचनः पौड्यालको नेतृत्वमा यस्तो बन्दै छ टिम



काठमाडाैं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को निर्वाचनका लागि नेकपा एमालेले वर्तमान अध्यक्ष परितोष पौड्यालको नेतृत्वमा पदाधिकारीको उम्मेदवार टुंग्याएको छ ।

वरिष्ठ उपाध्यक्षमा दामोदर अधिकारी, उपाध्यक्षमा शान्ति अधिकारी, कोषाध्यक्षमा जिवसराज खड्कालाई अगाडी सार्ने भएको हो ।

त्यस्तै महासचिव पदमा भने टुंग्याउन सकस देखिएको छ । केशव प्रसाद पोख्रेल, उद्धव सापकोटा र घनश्याम अधिकारीले दाबी नछाडेका कारण सकस भएको स्रोतको भनाई छ।

प्रकाशित : ६ पुष २०८०, शुक्रबार २१:१०