लघुवित्त बैंकर्स संघकाे अध्यक्षमा यादव निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लघुवित्त बैंकर्स संघकाे अध्यक्षमा यादव निर्वाचित



काठमाडौं । लघुवित्तका सीइओहरुको छाता संगठन लघुवित्त बैंकर्स संघमा नयाँ कार्यसमिति चयन भएको छ । संघको आज सम्पन्न साधारणसभाले राम बहादुर यादवको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

जस अनुसार संघको उपाध्यक्षमा रामहरि दाहाल, महसचिवमा संजय मण्डल, सचिवमा गंगाधर पाण्डे, र कोषाध्यक्षमा विनोद आचार्य चयन भएका छन् । सदस्यहरुमा शिव ज्ञवाली, सुरेश बहादुर बम, सौगात चौधरी, श्याम कटुवाल, सरदा खत्री र बद्रि दुलाल चयन भएका छन् ।

प्रकाशित : ६ पुष २०८०, शुक्रबार १८:२७