लघुवित्त बढी शहर केन्द्रित भए, करिब १०० गाउँपालिका अझै लघुवित्त बिहीन : डेपुटी गभर्नर मिश्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लघुवित्त बढी शहर केन्द्रित भए, करिब १०० गाउँपालिका अझै लघुवित्त बिहीन : डेपुटी गभर्नर मिश्र



काठमाडौं । राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले लघुवित्त संस्थाहरु बढी शहर केन्द्रित भएको बताएका छन् । शुक्रबार नेपाल लघुवित्त बैंकर्स संघको १७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले ग्रामीण भेगमा लघुवित्त अझै पनि करिब १०० गाउँपालिकामा नपुगेको बताए ।

लघुवित्तले ग्रामीण स्तरसम्म सेवा प्रवाहका लागि शाखा विस्तार गरी महिला सशक्तिकरण लगाएत वित्तिय सूचकहरुलाई सुुसुचित गर्दै लगेको उनले बताए । साथै, आगामी दिनमा अझै सेवा पुग्न नसकेको क्षेत्रमा सेवा विस्तारका लागि समेत आग्रह गरे।

त्यस्तै कार्यक्रमा उनले बैंक तथा वित्तीय संस्थाको ऋण लिएपछि तिर्नै पर्ने पनि बताएका छन् । बैंक तथा वित्तीय संस्थाका विरुद्ध विभिन्न नाममा भएका विरोध र ऋण मिनाहा विरोधी आन्दोलनतर्फ लक्ष्यित गर्र्दै उनले यसले लघुवित्तका राम्रा कामहरु ओझोलमा परेको समेत बताए ।

प्रकाशित : ६ पुष २०८०, शुक्रबार १६:३६