राष्ट्रिय सहकारी बैंकले कति घटायाे ब्याज ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्रिय सहकारी बैंकले कति घटायाे ब्याज ?



काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेड (एनसिबिएल) ले ब्याजदर परिवर्तन गरेको छ । पुस ६ गते अर्थात (आज) देखि लागु हुनेगरि बैंकले बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको हो ।

नयाँ ब्याजदर अनुसार बैंकले बचततर्फ न्युनतम २.५० प्रतिशतदेखि अधिकतम ९.२५ प्रतितशसम्म ब्याजदर निर्धारण गरेको छ । जसमा साधारण बचतमा न्यूनतम २.५० प्रतिशतदेखि अधिकतम ३ प्रतिशत तोकिएको छ ।

विशेष बचतमा ३.२५ प्रतिशत, सुपर बचतमा न्युनतम ३.५० प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म, एनसिबिएल समुन्नत बचत खातामा न्युनतम ३.५० प्रतिशतदेखि अधिकतम ४.५० प्रतिशतसम्म र एनसिबिएल प्रिमियम बचत खातामा ४ प्रतिशतदेखि ४.५० प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।

त्यस्तै बैंकले क्रमिक बचतमा न्युनतम ८.२५ प्रतिशतदेखि अधिकतम ९ प्रतिशत र मुद्दती निक्षेपमा ७.७५ प्रतिशतदेखि ९.२५ प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ ।

त्यस्तै, कर्जातर्फ बैकले ८.२५ प्रतिशतदेखि १२.७५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । बैंकका अनुसार घर घडेरी खरिद तथा भवन निर्माण कर्जाको स्वः लगानी नियमानुसार हुनेछ । लघुवित्त कर्जा, गरिबि निवारण कर्जा, सबल सहकारी कर्जा र दिगो सहकारी कर्जा लगानीको ब्याजदर संस्था वर्गीकरणको आधारमा फरक गरिने बैंकले जनाएको छ ।

यसका साथै मुद्दती निक्षेपको बिड रेट ९.२५ प्रतिशत सम्म प्रस्ताव गर्न सकिने बैंकले जनाएको छ । अपाङ्ग, दलित र महिलाद्वारा संचालित संस्थालाई प्रकाशित ब्याजदरमा ०.५ प्रतिशतसम्म थपघट गर्न सकिने बैंकले जनाएको छ भने यस्तो सुविधा दोहोरो हुनेगरी प्रदान नगरिने समेत बैंकले उल्लेख गरेको छ । 

प्रकाशित : ६ पुष २०८०, शुक्रबार १५:०२