गरिमा विकास बैंकले घोषणा गर्यो लाभांश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गरिमा विकास बैंकले घोषणा गर्यो लाभांश



काठमाडौं । गरिमा विकास बैंकले १० प्रतिशत लाभांश घोषणा गरेको छ। पुस ४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमध्ये ९.५० प्रतिशत बोनस सेयर रहेको छ भने ०.५० प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रकाशित : ५ पुष २०८०, बिहीबार ११:५७