नेप्सेमा उत्साहः ३५.३९ अंकले बजार बढ्दा, १५ कम्पनीको सेयर मुल्यमा लाग्यो सकारात्मक सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा उत्साहः ३५.३९ अंकले बजार बढ्दा, १५ कम्पनीको सेयर मुल्यमा लाग्यो सकारात्मक सर्किट



काठमाडौं । सेयर बजारमा रौनकता छाएको छ । बुधवार पनि बजार ३५.३९ अंकले बढेर परिसूचक २१४१.८७ को बिन्दुमा पुगेर बन्द भएको छ । अघिल्लो दिन पनि बजार ४५.९८ अंक बढेर २१०६.४८ विन्दुमा पुगेको थियो । त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ४.९३ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५२ अंक बढेको छ।

३०६ कम्पनीको १ करोड ९९ लाख ६३ हजार कित्ता सेयर किनबेच हुदाँ ७ अर्ब ९५ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

कारोबारमा अधिकांश समूहको उपसुचकमा हरियाली छाएको छ । होटल तथा पर्यटन क्षेत्र ११५.१८ अंक र निर्जीबन बीमा समूहको उपसूचक १०.१४ अंकले घटेको छ भने बाकी बैंकिङ समूहको ७.७७, विकास बैंक ६.१६, वित्त १३.९४, जलविद्युत ४५.१३, जीवन बीमा २३१.५३, उत्पादन तथा प्रशोधन ४००.३८, माइक्रोफाइनान्स ३५.७०, टेड्रिङ समूहको उपसूचक १७९.१७ र अन्य सूचक १५.७९ अंकले बढेको छ । कारोबारमा १५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ८ कम्पनीका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन् ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट् शीर्ष स्थानमा रहेको छ। कम्पनीको आज ३७ करोड ३४ लाख ९७ हजार रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : ४ पुष २०८०, बुधबार १५:२७